December 4, 2021, Saturday
१८ मंसिर २०७८, शनिबार

यी हुन् एमाले सिद्धार्थनगरका निर्वाचित १३ वडाध्यक्ष

भैरहवा- नेकपा एमालेको आज मुलुकभरका वडा कमिटी अधिवेशन भएको छ ।

Advertisement

एमालेका सिद्धार्थनगर नगरपालिका अन्तर्गत १३ वटै वडामा प्रथम वडा अधिबेशन सम्पन्न भएको छ । निर्वाचन समितिका अनुसार
वडा नम्बर एकको अध्यक्षमा रमेश थापा सर्वसम्मत निर्वाचित भएका छन् ।

यस्तै २ मा इन्दिरा क्षेत्री, ३ मा गणेश बेलबासे, ४ मा राजेश गुप्ता, ५ मा चेतबहदुर क्षेत्री, ६ मा रामदयाल गुप्ता, ७ मा कमलेश श्रेष्ठ अध्यक्षमा निर्वाचित भएका छन् ।

यस्तै, वडा नम्बर ८ को अध्यक्षमा रामचन्द्र रेग्मी, ९ मा लक्ष्मण ज्ञवाली, १० मा कपिलदेव गिरी, ११ मा इनर चाइ, १२ मा सुनिल कुँवर र १३ मा भीम भण्डारी निर्वाचित भएको एमालेले जनाएको छ ।