December 6, 2021, Monday
२० मंसिर २०७८, सोमबार

देशभर आंशिकदेखि सामान्य बदली, हल्का वर्षाको सम्भावना

आज देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका थोरै स्थान र बाँकी प्रदेशका एक वा दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।

Advertisement

त्यसैले कृषिजन्य कार्य गर्दा आवश्यक सावधानी अपनाउन जल तथा मौसम विज्ञान विभागअन्तर्गत रहेको मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ।

महाशाखाले हाल नेपालमा असर गर्ने उलेखनीय मौसमी प्रणाली नरहेको बताएको छ।

हाल देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश १ र बागमती प्रदेशका एकदुई स्थानमा हल्का वर्षा भइरहेको छ। आज दिउँसो प्रदेश नम्बर १ र २, बागमती र गण्डकी प्रदेशमा सामान्य बदली र बाँकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहने महाशाखाले जनाएको छ।

प्रदेश १, बागमती र गण्डकी प्रदेशका एकदुई स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको मौसमविद्हरुले बताएका छन्। उनीहरुका अनुसार शुक्रबार रातीसमेत देशभर आंशिकदेखि सामान्य बदली रहने छ। प्रदेश १, बागमती र गण्डकी प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।

मौसमविद्हरुले शनिबार दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहने बताएका छन्। उनीहरुका अनुसार प्रदेश १, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।