April 16, 2024, Tuesday
४ बैशाख २०८१, मंगलवार

कृष्णनगरमा देखिएको झाडापखाला नियन्त्रणउन्मुख

कपिलवस्तु– कपिलवस्तुको कृष्णनगर नगरपालिकामा देखिएको झाडापखाला सम्बन्धी समस्या कम हुँदै गएको छ। यहाँ झाडापखला नियन्त्रणउन्मुख छ ।

Advertisement

हाल झाडापखालाका नयाँ बिरामी आउने संख्या दैनिक घट्दै गएको छ। कार्तिक ३ गते मात्र यहाँ झाडापखालाका १४ जना नयाँ बिरामी भेटिएका छन्।

Advertisement

यसअघि कार्तिक २ गते ३९, कार्तिक १ मा २८, असोज ३१ मा ३२, असोज ३० मा १८, असोज २९ र २८ मा २५/२५, असोज २७ गते २४ जना बिरामी भेटिएको स्वास्थ्य कार्यालय जनाएको छ।

असोज २० गते एकैदिन सबैभन्दा धेरै १८४ जना नयाँ बिरामी भेटिएका थिए। झाडापखाला प्रभावित कृष्णनगर नगरपालिका ७, ८ र ९ मा हालसम्म ९ सय ७७ जना बिरामी भइसकेका छन्। जसमध्ये ९ सय ४० जना निको भएका छन् भने ४ जनाको मृत्यु भएको छ।

हाल ३७ जना उपचाररत रहेको स्वास्थ्य कार्यालयले जनाएको छ। उक्त नगरपालिकामा असोज १८ गतेदेखि झाडापखाला तथा वान्ताको समस्या देखिएको थियो। एक्कासी विरामी बढेपछि अस्पतालहरुमा बेड अभाव भएको थियो । कितको भुइँमै राखेर उपचार भएको थियो ।