December 7, 2021, Tuesday
२१ मंसिर २०७८, मंगलवार

वडा अधिवेशनका लागि एमाले सिद्धार्थनगरले तोक्यो जिम्मेवारी

भैरहवा– कात्तिक ६ गते हुने वडा अधिवेशनका लागि एमाले सिद्धार्थनगर नगर कमिटीले नगरका १३ वटै वडामा जिम्मेवारी तोकेको छ । नगर कमिटी कार्यालयको पूर्ण बैठकले अधिवेशनका लागि वडा समिति अध्यक्ष मण्डल गठन गरेको हो ।

Advertisement

एमालेका अनुसार वडा नम्बर १ मा धर्मराज गिरी, नर्जुन गुरुङ, उर्मिला कार्की थापालाई जिम्मेवारी तोकिएको नगर अध्यक्ष चोपलाल आचार्यले जनाए । सिद्धार्थनगर–२ मा लालमोहम्मद पठान, पम्फावती खनाल, दिपककुमार थापा, प्रकाशमणि विश्वकर्मा, इन्दिरा क्षेत्री, वडा नम्बर ३ मा चोपलाल आचार्य, थानेश्वर पौडेल, माया कंडेल, प्रेमनारायण पाण्डे, अनिलकुमार ज्ञवाली, विजयलक्ष्मी रिजाल, ४ मा डिजाइन थापा, लक्ष्मी गुरुङ र मैना गुरुङलाई जिम्मेवारी दिइएको छ ।

यस्तै वडा नम्बर ५ मा चेतबहादुर क्षेत्री, ६ मा हितराज पन्थी, रणबहादुर कुंवर, विष्णु पन्थी, नसिवदार मुसलमान, ७ मा उमा अधिकारी, गोविन्दप्रसाद रेग्मी, नारायणप्रसाद भण्डारी, ८ मा विश्वराज बराल (अनुप), हरिप्रसाद अधिकारी, चक्रबहादुर थापा, धु्रव अधिकारी, ९ मा सन्देश चापागाई, डाँसुराम पाण्डे, लक्ष्मी पाण्डे, यादवप्रसाद आचार्य र प्रभा पौडेललाई जिेम्मेवारी तोकिएको छ ।

वडा नम्बर १० मा राजेन्द्रप्रसाद पन्थी, शंकर मुराउ, ११ मा भरतकुमार पोखरेल, दिलीप यादव, अर्जुन गिरी, १२ मा प्रेमकुमार सेञ्चुरी, घनेन्द्रविक्रम पाण्डे, कुमार गुरुङ तथा वडा नम्बर १३ मा जीवलाल अर्याल, नरेन्द्र भण्डारी, केदारराज राजभण्डारी र सतिष मर्सानीलाई जिम्मेवारी तोकिएको छ ।

गाउँपालिका तथा नगरपालिका अन्तर्गत वडा अधिवेशनबाट अध्यक्ष, उपाध्यक्ष र सचिव एक–एक जना, उपसचिव २ गरी पाँच सदस्यीय पदाधिकारीसहित बढीमा ३१ सदस्यीय कमिटी हुनेछ ।