March 28, 2024, Thursday
१५ चैत्र २०८०, बिहीबार

थप ६६२ जनामा कोरोना, १३ को मृत्यु

नेपालमा पछिल्लो २४ घण्टामा थप ६ सय ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

Advertisement

यस्तै पछिल्लो २४ घण्टामा १३ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै हालसम्म मृत्यु हुनेको संख्या ११ हजार ३ सय १८ पुगेको छ।

Advertisement

बुधबार ७५८ जना कोरोना संक्रमणमुक्त भएका छन्। हाल देशभर ११ हजार ५७९ सक्रिय संक्रमित रहेका छन्।

गत चौबीस घन्टामा ७ हजार २२ पीसीआर तथा १ हजार ४०४ एन्टिजेन परीक्षण भएको छ।