March 29, 2024, Friday
१६ चैत्र २०८०, शुक्रबार

एमालेको आग्रहमा संसद बैठक दुई दिन पर सारियो

कार्तिक ९ गते बस्ने गरी आह्वान भएको प्रतिनिधि सभाको बैठक दुई दिन पर सरेको छ।

Advertisement

कार्तिक ९ गते दिउसो १ बजेका लागि बोलाइएको बैठक विशेष कारणबश बस्न नसक्ने संसद सचिवालयले सूचना जारी गरी जनाएको छ।

Advertisement

बैठक सभामुखले कार्तिक ११ गतेका लागि बोलाएको महासचिव भरतराज गौतमले जानकारी दिए। प्रमुख प्रतिपक्षी दल एमालेको आग्रहमा बैठक सारिएको हो।

एमालेले आफ्नो पार्टीको कात्तिक ९ गते पालिका तहको अधिवेशन निर्धारण भएकाले त्यस दिनका लागि बैठक नराखी दिन सभामुख समक्ष गरेको आग्रह अनुसार बैठक सारिएको सचिवालय स्रोतले जानकारी दिए।

दसैँ अघि असोज २५ गते प्रतिनिधिसभाको बैठक बसेको थियो। विपक्षी एमालेले लगातार संसद बैठक अवरोध गर्दै आइरहेको छ।