साफ उपविजेता नेपाली टोली स्वेदश फर्कियो


साफ च्याम्पियनसिप फुटबलमा उपविजेता बनेको नेपाली राष्ट्रिय फुटबल टिम आज नेपाल आइपुगेको छ । उपविजेता नेपाली टिम सोमबार बिहान नेपाल आइपुगेको हो ।
युवा तथा खेलकुद मन्त्री महेश्वर जंग गहतराजले साफ च्याम्पियनसिप फुटबलमा उपविजेता बनेको नेपाली राष्ट्रिय फुटबल टोलीलाई स्वागत गरेका छन् । नेपाली टोलीलाई मन्त्री गहतराजले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरे ।
मन्त्री सहित नेपाली टोलीलाई अखिल नेपाल फुटबल संघका महासचिव इन्द्रमान तुलाधर लगायतले स्वागत गरेका थिए ।
माल्दिभ्समा आयोजना भएको साफ फुटबलमा नेपाली टोली पहिलोपटक फाइनलमा पुगेर भारतसँग ३–० ले पराजित भएको थियो । नेपाल पहिलो पटक साफको उपविजेता बनेको हो ।
पाँच राष्ट्र सहभागी प्रतियोगितामा नेपाल लिग चरणमा उपविजेता बन्दै फाइनल पुगेको थियो ।
प्रतिकृया दिनुहोस्