July 12, 2026, Sunday
२०८३ असार २८ आईतवार

माओवादी बैठक : सांगठनिक विषयमा केन्द्रित

सांगठनिक विषयमा केन्द्रित रहेर नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रको स्थायी कमिटी बैठक सोमबार बिहान बसेको छ। पार्टी कार्यालय पेरिसडाँडामा जारी बैठक पुस ११ देखि १३ गतेसम्म हुने पार्टीको राष्ट्रिय सम्मेलनमा केन्द्रित रहेको माओवादी केन्द्रले जनाएको छ।

राष्ट्रिय सम्मेलनलाई लक्षित गरेर पार्टीले कार्तिक १३ गते वडा सम्मेलन गर्ने जनाएको छ। त्यस्तै मङ्सिर ४ गते पालिकाहरुको सम्मेलन गर्ने प्रस्ताव गरिएको छ। बैठकमा देशको वर्तमान राजनीतिक अवस्थाबारे समेत छलफल भइरहेको बताइएको छ।

प्रदेश नम्बर १ र बागमती प्रदेशमा सरकार परिवर्तनसँगै कर्णाली प्रदेशमा समेत आफ्नो पार्टीले पाएको मुख्यमन्त्री हेरफेरबारे बैठकमा छलफल हुने जनाइएको छ।

Advertisement