December 3, 2021, Friday
१७ मंसिर २०७८, शुक्रबार

एमालेको वडा अधिवेशन ६ कात्तिकमा

नेकपा एमालेले यही ६ कात्तिकमा देशैभरका वडामा अधिवेशन गर्ने भएको छ । देशका ६ हजार ७ सय ४३ वडामा एकैदिन अधिवेशन गर्न लागिएको एमालेले जनाएको हो । अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल रूपमा अधिवेशन उद्घाटन गर्दैछन् ।

एमालेले यही ९ कात्तिकमा पालिका अधिवेशन गर्ने तयारी गरेको छ । ७ सय ५३ पालिकामा पार्टी कमिटीका लागि अधिवेशन गर्दैछ । एमालेले अध्यक्ष, उपाध्यक्ष, सचिव र दुई जना उपसचिव तथा सदस्यहरूका लागि पार्टीका तल्ला तहमा अधिवेशन गर्न लागेको हो ।

Advertisement