April 20, 2024, Saturday
८ बैशाख २०८१, शनिबार

थप ७९२ जनामा कोरोना संक्रमण, १४ जनाको मृत्यु

नेपालमा पछिल्लो २४ घण्टामा थप ७९२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

Advertisement

यस्तै पछिल्लो २४ घण्टामा देशभर १४ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै हालसम्म मृत्यु हुनेको संख्या ११ हजार २ सय ५७ पुगेको छ।

Advertisement

मंगलबार ९१० जना कोरोना संक्रमणमुक्त भएका छन्। हाल देशभर १४ हजार ५५४ सक्रिय संक्रमित रहेका छन्।

गत चौबीस घन्टामा ७ हजार ६० पीसीआर तथा २ हजार ५५९ एन्टिजेन परीक्षण भएको छ।