December 6, 2021, Monday
२० मंसिर २०७८, सोमबार

बाघको आक्रमणबाट बर्दियामा एकको मृत्यु

बर्दिया– बाघको आक्रमणबाट बर्दियामा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ४० वर्षीय जनकबहादुर थारु छन् ।

सोमबार दिउँसो गेरुवा गाउँपालिका–४ ढुकुनियामा नदी किनारमा भैँसीलाई पानी खुवाउन जाँदा उनलाई बाघले आक्रमण गरेको थियो । प्रत्यक्षदर्शीका अनुसार उनलाई बाघले घिसार्दै जंगलमा लगेको थियो ।

खोजी गर्ने क्रममा गएराति साढे ११ बजे उनको शव गेरुवा गाउँपालिकाको गोर क्षेत्रमा फेला परेको थियो ।

Advertisement