October 15, 2021, Friday
२९ आश्विन २०७८, शुक्रबार

सन्दीप सेप्टेम्बरको ‘आईसीसी प्लेयर अफ दी मन्थ’ घोषित

नेपालका लेग स्पिनर सन्दीप लामिछाने सेप्टेम्बर महिनाको ‘आईसीसी प्लेयर अफ दी मन्थ’ घोषित भएका छन् । सन्दीपले बंगलादेशका वायाँ हाते अर्थेडक्स नासुम अहमद र अमेरिकाका ब्याट्सम्यान जसकरण मल्होत्रालाई पछि पार्दै अवार्ड आईसीसी प्लेयर अफ दी मन्थ फर सेप्टेम्बर अवार्ड जितेका हुन् ।

सन्दीपले आईसीसी क्रिकेट विश्वकप लिग–२ मा उत्कृष्ट प्रदर्शन गरेका थिए । उनले ओमान भ्रमणमा पीएनजीसँग दुई र आईसीसी क्रिकेट विश्वकप लिग–२ मा ओमान र अमेरिकाविरुद्ध समान दुई एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेलेका थिए ।

उनले ६ खेलमा १८ विकेट लिएका थिए । ओमन भ्रमणमा उनले ३.१७ इकोनोमी राखेका थिए । उनले पीएनजीविरुद्धको दोस्रो खेलमा करिअरकै उत्कृष्ट बलिङ प्रदर्शन गर्दै ११ रन दिएर ६ विकेट लिएका थिए । पीएनजीविरुद्ध उनले पहिलो खेलमा ३५ रन दिएर चार विकेट लिएका थिए ।
 
महिलातर्फ भने इङ्ल्यान्डकी कप्तान हेथर नाइट महिनाको उत्कृष्ट खेलाडी बनिन् ।