March 28, 2024, Thursday
१५ चैत्र २०८०, बिहीबार

मोतिपुरको घटना : गृहमन्त्रीको अध्यक्षतामा बस्यो सुरक्षा परिषद्को बैठक

बुटवलमा निर्माणाधीन मोतीपुर औद्योगिक क्षेत्रमा जग्गा अतिक्रमण गरी बस्नेहरु र प्रहरीबीच झडपको घटनापछि गृह मन्त्रालयमा केन्द्रीय सुरक्षा समितिको बैठक बसेको छ । गृहमन्त्री बालकृष्ण खाँणको अध्यक्षतामा बैठक बसेको हो । बैठकमा गृहसचिव टेकनारायण पाण्डे, नेपाली सेनाका रथी बालकृष्ण कार्की, प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकारीलगायतको उपस्थिति थियो ।

बैठकमा सहभागी स्रोतका अनुसार मन्त्री खाँणले कुनैपनि हालतमा औद्योगिक क्षेत्रको जग्गालालई अतिक्रमण गर्न नदिनका लागि आवश्यक सुरक्षा व्यवस्थापन मिलाउन चारवटै सुरक्षा निकायलाई निर्देशन दिएका छन् ।

Advertisement