December 6, 2021, Monday
२० मंसिर २०७८, सोमबार

डुबेर दाङमा एक जना बालकको मृत्यु

दाङ- खोलामा डुबेर दाङमा एक जना बालकको मृत्यु भएको छ । जिल्लाको गढवा गाउँपालिका–७, चन्दनपुर बस्ने रूपलाल नेपालीका छोरा ४  वर्षीय स्वरुप नेपालीको मृत्यु भएको हो  । 

आफ्नै घरदेखि करिब ५ सय मिटर टाढा गुरुङ खोलामा डुबेर बालक मुत्यु भएको प्रहरीले जनाएको छ । 

खोलामा खेल्ने क्रममा डुबेर बेहोस भएका उनको उपचारको लागि लमही अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको  प्रहरीले जनाएको छ ।

Advertisement