March 28, 2024, Thursday
१५ चैत्र २०८०, बिहीबार

साफ च्याम्पियनसिप : नेपाल र भारतबीच प्रतिस्पर्धा आज

साफ च्याम्पियनसिपमा नेपालले आज भारतविरुद्ध खेल्दै छ । नेपालले भारतविरुद्ध माल्दिभ्सको मालेस्थित राष्ट्रिय रंगशालामा नेपाली समय अनुसार राति ९ः४५ बजे खेल्नेछ ।

Advertisement

नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले भारतविरुद्ध खेल्दा उनीहरूलाई सम्मान गर्ने तर डराएर नखेल्ने बताएका छन् ।

Advertisement

“भारत सबै हिसाबले बलियो टोली हो । तर, त्यसको मतलब हामी कमजोर छौँ भन्ने होइन । हामी पनि जित्नकै लागि खेल्नेछौँ,’’ शनिबार माल्दिभ्सको मालेमा सम्पन्न पत्रकार सम्मलेनमा अल्मुताइरीले भने, “हामीसँग दुई खेल बाँकी छन् र फाइनलको नजिक छौँ । हामी भारतलाई सम्मान गछौँ । तर, हामी डराउँदैनौँ । गोर्खाली हौँ, जित्नकै लागि खेल्छौँ ।’’

नेपाल पहिलो दुई खेल जितेर ६ अंकका साथ शीर्ष स्थानमा छ । दुई खेलबाट दुई अंक जोडेको भारत चौथो स्थानमा छ । भारतलाई अब फाइनलमा स्थान बनाउन बाँकी खेल जित्नैपर्ने दबाब छ ।

भारतले सबैभन्दा धेरै सातपटक प्रतियोगिताको उपाधि जितिसकेको छ । यस संस्करणमा पनि भारत उपाधिको प्रमुख दाबेदार हो । तर, पहिलो दुई खेलमा अप्रत्यासित नतिजा आएपछि भारत दबाबमा छ । 


नेपालका प्रशिक्षक अल्मुताइरीले आजको खेलमा भारतलाई हराउने नेपालको सम्भावना एक प्रतिशत मात्र रहेको बताएका छन् ।

“आइतबार हाम्रो लागि कठिन छ । इतिहास हेर्ने हो भने भरत दक्षिण एसियली क्षेत्रकै सबभन्दा बलियो टिम हो । उनीहरूले सातपटक उपाधि जितिसकेका छन् । उनीहरू यसपटकको पनि प्रबल दाबेदार हुन्,’’ अल्मुताइरीले थपे, “आइतबारको खेलमा भारतले जित्ने सम्भावना ९५ प्रतिशत छ । नेपालले जित्ने सम्भावना एक प्रतिशत मात्र छ । चार प्रतिशत सम्भावना बराबरी खेल्नेछ ।’’