December 4, 2021, Saturday
१८ मंसिर २०७८, शनिबार

रायमाझीलाई पर्यटन पत्रकारिता पुरस्कार

भैरहवा– लुम्बिनी प्रेस क्लबका महासचिव कमल रायमाझी पर्यटन पुरस्कारबाट पुरस्कृत भएका छन् । प्रेस क्लबसँगको सहकार्यमा भैरहवाका अग्रज पत्रकार नारायणप्रसाद सापकोटाद्वारा स्थापित ‘लुम्बिनी प्रेस क्लब भुवनकुमारी स्मृति पर्यटन पत्रकारिता पुरस्कार–२०७७’ रायमाझीलाई प्रदान गरिएको हो ।

शुक्रबार भैरहवामा आयोजित कार्यक्रममा लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसी, पुरस्कार स्थापनाकर्ता सापकोटा, क्लबका अध्यक्ष नरेश केसीलगायतले रायमाझीलाई नगद र प्रमाणपत्र प्रदान गरेका हुन् । उक्त पुरस्कारको राशी पचास हजार छ ।

झण्डै डेढ दशकदेखि पत्रकारिता गर्दै आएका रायमाझी भैरहवाबाट प्रकाशित हुने लुम्बिनीखबरका सम्पादक हुन् । उनी राष्ट्रिय समाचार समिति र सगरमाथा टेलिभिजनमासमेत आबद्ध छन् । प्रेस संगठन नेपाल रुपन्देही अध्यक्ष रायमाझीलाई मूल्यांकन समितिले पुरस्कारका लागि सिफारिस गरेको थियो ।

Advertisement