अदालतप्रति महेश बस्नेतको आलोचना
भैरहवा– नेकपा एमालेका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री महेश बस्नेतले न्यायालयप्रति कडा आलोचना गरेका छन् । उनले नेपाको इतिहासमा न्यायालयले कार्यकारी निकायमा भाग खोजिरहेको भन्दै आपत्ति जनाएका हुन् ।
बिहीबार राष्ट्रिय युवा संघ, नेपाल लुम्बिनी सांस्कृतिक नगरपालिका, रुपन्देहीको प्रथम युवा सम्मेलन बोल्दै नेता बस्नेतले भने, ‘न्यायपालिका, कार्यपालिका र व्यवस्थापिकाको छुट्टाछुट्टै कर्तव्य र अधिकार हुन्छ । तर यहाँ त संविधान र लोकतन्त्रलाई चुनौती दिने गरी न्यायालयले मन्त्रीपरिषद्मा भाग खोज्ने, मानपदवी दिलाउन भूमिका खेल्ने जस्ता कार्यमा लागेको छ ।’
उनले वर्तमान शेरबहादुर देउवा नेतृत्वको सरकार पाँच दलीय नभई अदालतसहित ६ दलीय गठबन्धन भएको आरोपसमेत लगाउन भ्याए । ‘अहिलेको गठबन्धन पाँच दलबाहेक प्रधानन्यधीधश नेतृत्वमा श्री पाँच जना न्यायाधीशको संवैधानिक इजलास पनि अर्को दल छ’, उनले भने ।
प्रतिनिधि सभा सदस्यसमेत रहेका नेता बस्नेतले एमाले कमजोर छ भन्ने सोच राख्नु कांग्रेस, माओवादीलगायत दलका लागि महाभुल हुने भन्दै चेतावनी दिए । उनले एमालेले युवाको सम्मान गर्ने भन्दै युवासंघमा गोलबद्ध भएर पार्टी संगठन बलियो बनाउन लाग्नु पर्ने बताए ।
प्रतिकृया दिनुहोस्