December 7, 2021, Tuesday
२१ मंसिर २०७८, मंगलवार

गुल्मीका १० तहमा कांग्रेसको सर्वसम्मत नेतृत्व चयन

गुल्मी– नेपाली कांग्रेस गुल्मीका अधिकांश स्थानीय तहमा सर्वसम्मत नेतृत्व चयन भएको छ । काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत स्थानीय तहको अधिवेशन सम्पन्न भएको छ । जिल्लाका दुई नगरपालिका र १० वटा गाउँपालिका गरी १२ स्थानीय तहमध्ये २ वटामा निर्वाचन र १० वटामा सर्वसम्मत नेतृत्व चयन भएको हो ।

Advertisement

काँग्रेस गुल्मीकाअनुसार रेसुङ्गा नगरपालिकाको सभापतिमा जयश्वर पन्थी, मदाने गाउँपालिकामा महेन्द्र कुँवर, मालिका गाउँपालिकामा उपेन्द्र अर्याल र इस्मा गाउँपालिकाको सभापतिमा कृष्ण रिजाल सर्वसम्मत चयन भएका छन् ।

यस्तै, धुर्कोट गाउँपालिकाको सभापतिमा हरिबहादुर थापा, गुल्मीदरबार गाउँपालिकाको सभापतिमा प्रेम पुन, छत्रकोट गाउँपालिकाको सभापतिमा धातान्नद भुसाल चयन भएका छन् । रुरुक्षेत्र गाउँपालिकाको सभापतिमा देवेन्द्र मल्ल, सत्यवती गाउँपालिकाको सभापतिमा विष्णु भण्डारी र चन्द्रकोट गाउँपलिकाको सभापतिमा विष्णुप्रसाद भण्डारी चयन भएको नेपाली कांग्रेस गुल्मीले जनाएको छ ।

पार्टीको अधिवेशनबाट मुसिकोट नगरपालिकामा मोहन घिमिरे र कालीगण्डकी गाउँपालिकामा निमबहादुर श्रीस निर्वाचन मार्फत सभापतिमा चयन भएका छन् ।