January 25, 2025, Saturday
२०८१ माघ १३

१०४३ जनामा कोरोना संक्रमण, १२ को मृत्यु

नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

यस्तै पछिल्लो २४ घण्टामा देशभर १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै हालसम्म मृत्यु हुनेको संख्या ११ हजार १९२ पुगेको छ।

Advertisement

बुधबार ८९१ जना कोरोना संक्रमणमुक्त भएका छन्। हाल देशभर १६ हजार १९४ सक्रिय संक्रमित रहेका छन्।

गत चौबीस घन्टामा ११ हजार १६५ पीसीआर तथा ४ हजार ३०० एन्टिजेन परीक्षण भएको छ।