December 6, 2021, Monday
२० मंसिर २०७८, सोमबार

एमाले सांसदद्वारा लुम्बिनी प्रदेशसभा बैठक बहिष्कार

बुटवल– प्रमुख प्रतिपक्षी दल नेकपा एमाले सांसदहरुले लुम्बिनी प्रदेशसभाको बैठक बहिस्कार गरेको छन् । पार्टीले कारबाही गरेका सांसदद्वय बिमलाकुमारी खत्री वली र अजय शाहीलाई सभामुखले पदमुक्त नगर्दासम्म सदन चल्न नदिने अडान एमालेले लिएको छ।

यसअघि दिउँसो १ बजे बसेको बैठकमा एमालेले नाराबाजी गरेको थियो। एमाले अवरोधबीच बैठकमा तीनवटा विधेयक पेस गरिएको थियो । अहिले ४ बजेदेखि शुरु भएको नवौं अधिवेशको सातौं बैठक एमालेले बहिस्कार गरेको हो।

बैठकमा आर्थिक मामिला तथा सहकारी मन्त्री कृष्णध्वज खड्काले प्रतिस्थापन विधेयक पेश गरिरहेका छन्।

Advertisement