April 26, 2024, Friday
१४ बैशाख २०८१, शुक्रबार

बुबा गणेशमानले त्याग गरे भनेर छोराले पनि त्याग गर्नुपर्छ भन्ने छैन : नेता सिंह

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले बुबा गणेशमानले राजनीतिमा त्याग गरे भनेर छोराले त्याग गर्नुपर्छ भन्ने नभएको बताएका छन्।

Advertisement

नेपाली कांग्रेस नागार्जुन नगर कार्यसमितिका नवनिर्वाचित पदाधिकारीको बुधबार भएको बधाई तथा सम्मान कार्यक्रममा उनले उक्त कुरा बताएका हुन्।

Advertisement

‘बुबा गणेशमानले राजनीतिमा त्याग गरे भनेर छोराले त्याग गर्नुपर्छ भन्ने छैन’, नेता सिंहले भने, ‘विद्यार्थी कालदेखि नै राजनीतिमा लागेकाले एकपटक कांग्रेसको नेतृत्व गर्ने अवसर पाउनुपर्छ।’

उनले राजनीतिलाई सेवाको रुपमा लिन आग्रह गर्दै अब कांग्रेसमा नेतृत्व गर्ने पालो काठमाडौँको भएको बताए।
पार्टीको १४ औं महाधिवेशनबाट कांग्रेसलाई नयाँ ढङ्गबाट अगाडि बढाउनुपर्ने बताएका उनले नयाँ युगमा पार्टीलाई नयाँ ढङ्गले अगाडि बढाउनुपर्ने औंल्याए।

‘स्थानीय तहदेखि नै कार्यक्रम बनाएर पार्टीलाई संस्थागत ढङ्गले अगाडि बढाउनुपर्छ’, उनले भने, पार्टीको १४ औं महाधिवेशनपछि आर्थिक रुपमा जनतालाई बलियो बनाउने गरी कांग्रेसले कार्यक्रम अगाडि सार्नुपर्छ।’

प्रजातन्त्र जोगाउन र पार्टीलाई संस्थागत गर्नका लागि आफू सभापतिमा लड्न लागेको उनको भनाइ छ।