डुवेर दुईको मृत्यु
बर्दिया — पौडी खेल्ने क्रममा नदीमा डुवेर दुई जनाको मृत्यु भएको छ । एक जनालाई भने उद्धार गरिएको छ । बारबर्दिया नगरपालिका—४ कुसुम्बाघाटस्थित बबई नदीमा डुब्दा दुईको मृत्यु भएको सशस्त्र प्रहरीले जनाएको छ ।
सोमबार बेलुका तीन जना नदीमा नुहाउन गएका थिए थिए । दुई जना बेपत्तामध्ये बागलुङको बुर्तिबाङका ३४ वर्षीय हुकुम विक मृत अवस्थामा फेला परेका छन् ।
बारबर्दिया—४ घोरपिट्टाका ३४ वर्षीय लेखनाथ पौडेल बेपत्ता छन् । उनको खोजी गर्दा मंगलबार पानीमुनि रुखको जरामा अड्किएको अवस्थामा शव फेला परेको छ । मधुवन नगरपालिका—८ का ३५ वर्षीय विष्णु खरेललाई भने सकुशल उद्धार गरिएको सशस्त्र प्रहरी उपरीक्षक नरबहादुर रावतले बताए ।
उक्त स्थानमा सशस्त्र प्रहरी बल कतरनियाका सप्रनि सर्वजित थापाको कमान्डमा ५ जना र गुलरियास्थित मुख्यालयका ससप्रनि पूर्णमान रामजालीको कमान्डमा नौ जना गोताखोर परिचालन गरिएको थियो ।
प्रतिकृया दिनुहोस्