October 21, 2021, Thursday
४ कार्तिक २०७८, बिहीबार

युवाको शव फेला

बाँके— यहाँ एक युवाको शव फेला परेको छ । नेपालगन्ज उपमहानगरपालिका–१ को गायत्री मन्दिर नजिक खाली जमिनमा १९ वर्षीय रोहित थारुको शव भेटिएको प्रहरीले जनाएको छ । खेतमा शव देखिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

बाँके प्रहरी प्रवक्ता डीएसपी मधुसुदन न्यौपानेले घटनास्थल हेर्दा र प्रारम्भिक अनुसन्धानमा हत्या गरेर फालेको जस्तो नदेखिएको बताए । रोहितको परिवार लामो समयदेखि वडा नम्बर १ मा बस्दै आएको थियो । उनीहरुको घर बर्दियाको राजापुरमा पर्छ । गायत्री मन्दिरको नजिक रहेको खाली जमिनमा रोहित मृत फेला परेपछि प्रहरी टोलीले अनुसन्धान अघि बढाएको छ ।