May 17, 2025, Saturday
२०८२ जेष्ठ ३ शनिबार

समाजवादी युवा संघको बुटवलमा ५१ सदस्यीय नगर समिति गठन

जनता समाजवादी पार्टी (जसपा) को भ्रातृ संगठन समाजवादी युवा संघको बुटवल नगर  समिति गठन गरिएको छ ।  सोमबार भएको भेलाबाट सुरज हितान मगरको अध्यक्षतामा ५१ सदस्यीय  नगर समिति गठन गरिएको हो । पार्टीलाई सशक्त बनाउन भ्रातृ संगठनलाई चलायमान बनाउने अभियान अन्तर्गत नगर कार्यसमिति गठन गरिएको बताइएको छ । 

 जसको उपाध्यक्षमा रोनिश श्रेष्ठ, मिना गुरूङ्ग , राजु परियार,  सन्देश बुढा मगर, रहेका छन् ।  सचिवमा  भरत पौडेल , सह–सचिव गणेश न्यौपाने, कोषाध्यक्षमा अलि हुसेन  रहेका छन् । कार्यसमितिको सदस्यमा आकाश क्षेत्री,सुरज तुलाचन रोहित आले मगर कमल खराल आश्विन आले मगर,चेतन थापा,लक्की क्षेत्रीलगायत  रहेका छन् ।

भेलालाई जसपा लुम्बिनी प्रदेश सहईन्चार्ज कमल खनाल, मुख्य सचिव यज्ञ पोख्रेललगायतले सम्वोधन गर्दै पार्टीमा युवाहरुको भूमिका महत्वपूर्ण रहेको धारणा राखेको केन्द्रीय सदस्य पंकज राईले बताए ।