नेपाल र भट्टराईविरुद्धको मुद्दामा बहस सकियो, निर्णय कात्तिक १५ मा
पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र बाबुराम भट्टराईविरुद्ध ललिता निवास प्रकरणमा मुद्दा चलाउन माग गर्दै परेको रिट निवेदनको बहस सकिएको छ।
वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले दायर गरेको रिट निवेदनमाथि सुनुवाइ गर्दै प्रधानन्यायाधीश चालेन्द्र शमशेर राणा र नहकुल सुवेदीको इजलासले निर्णय सुनाउन (निसु) बाँकी राखेको हो।
सर्वोच्चका प्रवक्ता बाबुराम दाहालका अनुसार कात्तिक १५ गतेका लागि निसु राखिएको छ। त्यस्तै दुवै पक्षका कानुन व्यवसायीहरुलाई कात्तिक १० गतेभित्र लिखित बहस नोट पेश गर्न समेत आदेश दिइएको छ।
ललिता निवासको ११४ रोपनी सरकारी जग्गा व्यक्ति नाममा ल्याउन भूमिका लेखेको अभियोगमा १७५ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरे पनि नेपाल र भट्टराईलाई छाडेको भन्दै न्यौपानले रिट निवेदन दिएका हुन्।
आयोग २०७६ माग २२ गते १७५ जनाविरुद्ध मुद्दा दायर गरेको थियो। नेपाल र भट्टराई प्रधानमन्त्री हुँदा सरकारी जग्गा व्यक्तिको नाममा र्पुयाउन महत्वपूर्ण निर्णय भएको तर उनीहरुलाई आयोगले उन्मुक्ति दिएको दाबी गर्दै न्यौपानले रिट दिएका हुन्।
प्रतिकृया दिनुहोस्