December 7, 2021, Tuesday
२१ मंसिर २०७८, मंगलवार

८६७ कोरोना संक्रमित थपिए, ११२३ जना संक्रमणमुक्त

नेपालमा पछिल्लो २४ घण्टामा थप ८६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

Advertisement

यस्तै पछिल्लो २४ घण्टामा देशभर ९ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै हालसम्म मृत्यु हुनेको संख्या ११ हजार १५७ पुगेको छ।

शनिबार १ हजार १२३ जना कोरोना संक्रमणमुक्त भएका छन्। हाल देशभर १७ हजार ६४२ सक्रिय संक्रमित रहेका छन्।

गत चौबीस घन्टामा ५ हजार ५९८ पीसीआर तथा २ हजार ६२१ एन्टिजेन परीक्षण भएको छ।