December 6, 2021, Monday
२० मंसिर २०७८, सोमबार

युवा संघ सिद्धार्थनगर अध्यक्षमा ठकुरी

भैरहवा– राष्ट्रिय युवा संघ, नेपाल सिद्धार्थनगर नगर कमिटीको अध्यक्षमा कृष्ण मल्ल ठकुरी निर्वाचित भएका छन् । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को भातृ संगठनसमेत रहेको संघको भैरहवामा शनिबार भएको आठौं अधिवेशनले ठकुरीको अध्यक्षतामा ५१ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको हो ।

संघको उपाध्यक्षमा फिरोज धुनिया, प्रविन आचार्य, समिर कार्की, आयुष अधिकारी, अनिश थापा छन् । यस्तै, सचिवमा रोशन थापा, कोषाध्यक्षमा प्रितम पुन, सहसचिवमा मनिषराज पाण्डे र आकाश खड्का निर्वाचित भएका छन् ।

Advertisement