October 18, 2021, Monday
१ कार्तिक २०७८, सोमबार

करेन्ट लागेर रुपन्देहीमा एक युवाको मृत्यु

भैरहवा– आफ्नै घरमा बिजुलीको तार जोड्ने क्रममा करेन्ट लागेर रुपन्देहीमा एक युवाको मृत्यु भएको हो । जिल्लाको ओमसतिया गाउँपालिका–१, लखनचोकस्थित २६ वर्षीय दिपक परियारको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीकाअनुसार करेन्ट लागेका परियारलाई उपचारक लागि भैरहवास्थित भीम अस्पतालमा लगिएको थियो । त्यहाँ उनको मृत्यु भएको प्रहरीले बताएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ ।

अघिल्लो हप्ता पनि रुपन्देहीको बुटवलमा होडिङ बोर्डमा वाइरिङ्ग गर्ने क्रममा करेन्ट लागेर एक युवाको मृत्यु भएको थियो ।