January 13, 2025, Monday
२०८१ माघ १

१०७८ जना कोरोना संक्रमित थपिए, १२ को मृत्यु

नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ७८ जना कोरोना संक्रमित थपिएका छन्।

यस्तै, गत २४ घण्टामा देशभर कोरोनाबाट थप १२ जनाको मृत्यु भएको छ। यससँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार १३५ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

बिहीबार ९ सय ११ जना कोरोना संक्रमणमुक्त भएका छन्। हाल देशभर १८ हजार १६८ जना सक्रिय संक्रमित छन्।