March 28, 2024, Thursday
१५ चैत्र २०८०, बिहीबार

डायलासिस सेवा सुरु गर्ने तयारीमा प्यूठान अस्पताल

प्यूठान– मिर्गाैला रोगीहरुलाई जिल्लामै डाइलाइसिस सेवा उपलब्ध गराउन जिल्ला अस्पताल प्यूठानले पक्रिया सुरु गरेको छ । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा नविन दर्नालले डायलासिस सेवाका लागि आवश्यक प्रक्रिया सुरु गरिसकेको जानकारी दिए ।

Advertisement

आर्थिक बर्ष २०७७–०७८ को बार्षिक समिक्षा कार्यक्रममा मेसु दर्नालले अस्पतालले अस्पतालमा प्रसुति शल्यक्रिया, थाइराइड परिक्षण, एपेन्डिसाइटिस शल्यक्रिया सुरुवात गरी सेवा दिइरहेको बताए । अघिल्ला वर्षको तलुनामा आव २०७७–०७८मा उल्लेखनीय प्रगति गरेको दावी गर्दै मेसु दर्नालले भने, ‘स्त्री तथा प्रसूति रोग बिशेषज्ञ, हाडजोर्नी तथा नसा रोग, इन्टरनल मेडिसिन, जनरल सर्जरी ,बालरोग, मानसिक रोगजस्ता विशेषज्ञ सेवा सुचारु गरि सेवा प्रदान गरिरहेका छौँ ।’

Advertisement

समीक्षा कार्यक्रममा प्यूठान नगरपालिकाका मेयर अर्जुनकुमार कक्षपतिले अस्पतालले कोभिड–१९ को दोस्रो लहरमा खेलेको भूमिकाको प्रशंसा गर्दै अस्पतालको बिकासमा आफ्नो सधै ध्यान भएको बताए । प्यूठान नगरपालिकाका प्रवक्ता लक्ष्मीप्रसाद राजभण्डारीले पहिलेको तुलनामा अस्पतालले दिने सेवा प्रभावकारी हुँदै गएको बताए ।

अस्पताल विकास समितिका अध्यक्ष सिद्धिमणी सुवेदीले भवन संरचनाको अभाव, एनेस्थेसियोलोजिष्ट डाक्टर नभएको हुंदा सबै प्रकारका शल्यक्रिया गर्न नसकिएको, फोहोर ब्यवस्थापनमा चुनौती रहेकोे बताए ।