October 18, 2021, Monday
१ कार्तिक २०७८, सोमबार

लायन्स गौतम बुद्धले स्थापना दिवस मनाउने

भैरहवा– यहाँको लायन्स क्लब अफ सिद्धार्थनगर गौतम बुद्धको दोस्रो बैठक सम्पन्न भएको छ । क्लबका अध्यक्ष दिनेश गुप्ताको अध्यक्षतामा बसेको बैठकले २५ सेप्टेम्बरमा स्थापना दिवस मनाउने निर्णय गरेको छ ।

स्थापना दिवसमा तिलोत्तमा कोटिहवामा रहेको अनाथ आश्रमका बालबालिकाहरुलाई खाना खुवाउनुका साथै बालबालिकालाई दशैंको लागि आवश्यक पर्ने सामाग्री पनि उपलब्ध गराउने निर्णय गरेको छ । कार्यक्रम सम्पन्न गर्नका लागि सदस्य अनिलकुमार गुप्तालाई बैठकले संयोजक तोकेको छ ।

बैठकमा संस्थापक अध्यक्ष गौतम कुमार गुप्ता, प्रथम उपाध्यक्ष गौतम गुप्ता, सुरज भट्टराई लगायतले बोलेका थिए । क्लबका सचिव सुमेर विक्रम खाँणको संचलनमा बैठक सम्पन्न भएको थियो ।