February 16, 2025, Sunday
२०८१ फाल्गुन ४

आइतबारदेखि भैरहवामा जेसीज सप्ताह

भैरहवा– सामाजिक क्षेत्रमा क्रियाशील जेसीआई सिद्धार्थ लेडी नेपालको आयोजनामा आइतबारदेखि भैरहवा जेसीज सप्ताह–२०२१ हुने भएको छ । शुक्रबार भैरहवामा पत्रकार सम्मेलन गर्दै संस्थाले रजत जयन्तीको अवसरमा विभिन्न कार्यक्रम गरी सप्ताह मनाउन लागेको जनाएको छ ।

साताव्यापी कार्यक्रमअन्तर्गत दश गते बैदेशिक रोजगारको सम्भावना र चुनौतीहरु, ११ गते पाठेघर तथा सुगर परीक्षण कार्यक्रम, १२ गते चुरा, पोते, हस्ताकला तालिम आयोजना गरिएको वर्ष २०२१ अध्यक्ष रिमा न्यौपानेले बताइन् । यस्तै, १३ गते विद्यालय स्तरीय वक्तृत्वकला, १४ गते महिला ब्याडमिन्टन प्रतियोगिता आयोजना गरिएको छ ।

जेसीज सप्ताह निर्देशक ललिता बछार चौधरीकाअनुसार १५ गते संसदीय बैठक प्रणाली तालिम र १६ गते अन्तिम दिन शुभकामना, पुरस्कार वितरण तथा समापन कार्यक्रम गरिने छ । यसअघि सिद्धार्थ जेसीजसँग संयुक्त कार्यक्रम गर्दै आएको लेडी जेसीजले पहिलोपल्ट छुट्टै सप्ताह गर्न लागेको महासचिव मिनाक्षी क्षेत्रीले बताइन् ।