October 15, 2021, Friday
२९ आश्विन २०७८, शुक्रबार

पाल्पामा एक युवक मृत फेला

पाल्पा– पाल्पामा एक युवक आफ्नै घरनजिकै मृत फेला परेका छन् । जिल्लाको वगनाशकाली गाउँपालिका–७, खानीगाउँ, झाँक्रीस्थानका ३५ वर्षीय दीपक भट्टराई मृत अवस्थामा भेटिएका हुन् ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक रामेश्वर त्वातीका अनुसार भट्टराई बिहीबार साँझ आफ्नै घरदेखि ५ सय मिटर पर मृत अवस्थामा भेटिएका हुन्। भट्टराईको शव बारीको कुनामा भेटिएको र घटनाको अनुसन्धान थालेको प्रहरीले जनाएको छ।