April 25, 2024, Thursday
१३ बैशाख २०८१, बिहीबार

अर्धनग्न अवस्थामा तिनाउमा शव फेला

बुटवल – अर्धनग्न अवस्थामा बुटवल देविनगरस्थित तिनाउ नदीमा एक ब्यक्तिको शव फेला परेको छ ।

अर्धनग्न अवस्थामा फेला परेको शव स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । ती व्यक्ति नदीमा बगेर आएको अनुमान गरिएको छ ।

इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी मदन कुँवरले शव फेला परेको भन्ने सूचनाको आधारमा प्रहरी घटनास्थलमा पुगेर अनुसन्धान सुरु गरिएको बताए ।

Advertisement