April 19, 2024, Friday
७ बैशाख २०८१, शुक्रबार

केही स्थानमा मेघ गर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना

आज दिउँसो देशभर सामान्य बदली रहने छ । केही स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको वरिष्ठ मौसमविद् वरुण पौडेल बताउँछन् । 

Advertisement

“काठमाडौं र पूर्वी भागमा आज वर्षाको सम्भावना छैन । मौसम सफा नै रहने छ,” मौसमविद् पौडेल भन्छन्, “दिउँसो केही समय बदली भए पनि वर्षा गराउने मौसमी प्रणाली विकास भइसकेको छैन ।” काठमाडौंमा दिउँसो केही समय मौसम बदली भए पनि आज पानी पर्ने सम्भावना छैन । 

Advertisement

पश्चिम नेपालका केही स्थानमा भने पानी पर्ने सम्भावना रहेको छ । भैरहवा, नेपालगञ्जलगायत क्षेत्रमा वर्षा हुने पौडेलको भनाइ छ । यद्यपि, ठूलो वर्षा भने नहुने उनी बताउँछन् । 
 
आज राति देशभर आंशिक देखि सामान्य बदली रही थोरै स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

आज धेरै स्थानमा मौसम सफा रहे पनि मनसुनी प्रणाली भने सकिएको छैन । त्यसैले कुनै पनि बेला मनसुनी प्रणाली थप सक्रिय भएर वर्षा हुने मौसमी प्रणाली विकास हुने सम्भावना रहन्छ । सामान्यत अक्टोबर २ सम्म मनसुनी प्रणाली रहने जल तथा मौसम विज्ञान विभागले जनाउँदै आएको छ । तर, यसमा केही दिन अगाडि वा पछाडि पनि हुनसक्ने मौसमविद् पौडेल बताउँछन् ।