January 25, 2025, Saturday
२०८१ माघ १३

काँग्रेस बुटवल उपमहानगरमा पाण्डेको प्यानल घोषणा

बुटवल– नेपाली काँग्रेस बुटवल उपमहानगरपालिका सभापतिमा खेलराज पाण्डेको नेतृत्वमा प्यानल घोषणा भएको छ । यही असोज ९ गते हुने उपमहानगर समितिको १४औं अधिवेशनमा सभापतिमा पाण्डे नेतृत्वमा प्यानल घोषणा भएको हो । उनी अहिले पनि उपमहानगर सभापति छन् ।

पाण्डे समूहबाट उपसभापतिमा ज्योति भण्डारी र हितमान पुन, सचिवमा छाँया पोखरेल र गंगा पन्थी, सह–सचिवमा देवलाल अर्गली र पुरूषोत्तम खनाल उम्मेदवार बनेका छन्। पाण्डे टिमले बिहीबार बुटवलमा कार्यक्रम गरी आफ्नो प्यानल घोषणा गरेको हो ।

रामबहादुर कार्कीले कार्यक्रममा पाण्डे नेतृत्वको प्यानल घोषणा गरे। बुटवलको सभापतिमा रीता केसी नेतृत्वमा अर्को प्यानल तयार भएको छ। पाण्डेले पार्टीलाई बलियो बनाउन आफू पुनः सभापतिको उम्मेदवार बनेको बताए ।