October 15, 2021, Friday
२९ आश्विन २०७८, शुक्रबार

साहिद अफ्रिदी ईपीएल खेल्न नेपाल आईपुगे

एभरेस्ट प्रिमियर लिग-ईपीएल क्रिकेट खेल्न पाकिस्तानका चर्चित क्रिकेटर साहिद अफ्रिदी बिहीबार काठमाडौं आईपुगेका छन्।

काठमाडौं किङ्गस इलेभेनबाट उनले ईपीएल खेल्दैछन्। उनलाई लिन काठमाडौँ किङ्स इलेभेनका अधिकारीहरु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए।

ईपीएलको आगामी सिजन शनिबारदेखि कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुँदै छ। काठमाडौँ किङ्स इलेभेनका लागि अफ्रिदीले दुई खेल खेल्ने बताइएको छ।

४४ वर्षीय यी पाकिस्तानी अलराउन्डरका नाममा कुनै समय एकदिवशीय अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा थोरै बलमा सतक बनाउने विश्व कीर्तिमान रहेको थियो। उनले सन् २०१८ पछि अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्याशको घोषणा गरेका थिए।

आगामी आईपीएलमा ६ वटा फ्रेन्चाईज टोलीले प्रतिस्पर्धा गर्दैछन्।