July 12, 2026, Sunday
२०८३ असार २८ आईतवार

नेकपा एकीकृत समाजवादीद्वारा पदाधिकारीहरु चयन

नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीले आफ्नो पदाधिकारीहरु टुंग्याएको छ। पार्टीको बिहीबार बिहान भएको सचिवालय बैठकले पदाधिकारी टुंग्याएको हो।

Advertisement

जसअनुसार अध्यक्षमा माधवकुमार नेपाल र वरिष्ठ नेतामा झलनाथ खनाल रहँदा पार्टीको उपाध्यक्षहरुमा राजेन्द्र पाण्डे, धर्मनाथ साह, जयन्ती राई र प्रमेश हमाल रहेका छन्। पार्टी महासचिवमा डा बेदुराम भुसाल निश्चित भएको पार्टीका एक स्थायी समिति सदस्यले जानकारी दिए।

Advertisement

उनका अनुसार पार्टीको उपमहासचिवहरुमा डा विजय पौडेल, डागंगालाल तुलाधर र प्रकाश ज्वाला रहनेछन् । पार्टीका केन्द्रीय सदस्यहरु रामकुमारी झाँक्री, जगन्नाथ खतिवडा, नागेन्द्र चौधरी र केशवलाल श्रेष्ठ सचिव चुनिएका छन्।

पार्टी पदाधिकारी चयनसँगै अन्य जिम्मेवारी टुंग्याउन पार्टीको केन्द्रीय कमिटीको बैठक बिहीबार पनि बस्दै छ।

नेकपा एमालेबाट विभाजित भएर गएकाे भाद्र २ गते माधवकुमार नेपालकाे नेतृत्वमा नेकपा एकीकृत समाजवादी गठन भएकाे थियाे।