February 8, 2025, Saturday
२०८१ माघ २७

लुम्बिनी प्रदेशसभा बैठक एक साता पछि सारियो

बुटवल– लुम्बिनी प्रदेशसभाको बैठक फेरि सरेको छ । प्रदेशसभा सचिवालयले सूचना टाँसेर बैठक स्थगित भएको जनाएको छ । असोज ७ गते (भोलि)का लागि बैठक आह्वान गरिएको थियो ।

प्रदेश सभाको नवौं अधिवेशनको छैठौं बैठक असोज १३ गते बुधबार दिउँसो १ बजेसम्मका लागि स्थगित भएको प्रदेशसभा सचिव दुर्लभकुमार पुनद्वारा जारी सूचनामा जनाइएको छ । असोज ७ गते दिउँसो १ बजेका लागि बैठक तया भएको थियो ।

Advertisement

लुम्बिनी भदौ १ गतेदेखि निरन्तर सदन अवरूद्ध हुँदै आएको छ । फेरि पनि सदन अबरुद्ध हुने आँकलन गरी सहमतिका लागि बैठक स्थगित गरिएको प्रदेशसभा स्रोतले बताएको छ ।

पार्टीले कारबाही गरेका प्रदेशसभा सदस्य अजय शाही र बिमला कुमारी खत्री वलीलाई पदमुक्त गरेको सदनलाई जानकारी गराउन माग गर्दै नेकपा एमालेले बैठक अवरुद्ध गर्दै आएको छ । पार्टीले कारबाही गरेका दुई जना प्रदेश सभा सदस्यलाई पदमुक्त नगरेसम्म सदन चल्न नदिने एमालेको अडान छ ।