लुम्बिनीका दुई सांसदको मुद्दामा सर्वोच्चले दिएन अन्तरिम आदेश


भैरहवा– सर्वोच्च अदालतले नेकपा एमालेले कारवाही गरेका लुम्बिनी प्रदेशका २ जना प्रदेश सांसदलाई पदमुक्त गर्न माग गर्दै दिएको मुद्दाको विषयमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।
सोमबार न्यायाधीश दीपककुमार कार्की र कुमार चुडालको संयुक्त इजलासले अन्तरिम आदेश नदिएको हो । लुम्बिनी प्रदेशसभाका सांसदहरु अजय शाही र विमला कुमारी खत्री वलीलाई एमालेले कारबाही गरेको थियो । तर, सभामुख पूर्णबहादुर घर्तीले कारबाहीको सूचना जारी गर्न स्वीकार गरेपछि घर्तीको निर्णयविरुद्ध एमाले अदालतमा गएको थियो ।
सर्वोच्चले अन्तरिम आदेश नदिए पनि यो मुद्दामा सभामुखलले गरेका निर्णयका सक्कल फाइल झिकाउन भने आदेश दिएको छ । शाही सूर्य चिन्हबाट उम्मेदवार भएको तर आफ्नो हैसियत पार्टीको सांसदको रुपमा नभएको बताउँदै आएका छन् । उनी अहिले लुम्बिनी सरकारमा मन्त्रीसमेत छन् । वलीले आफू नेकपाबाट चुनाब जितेकाले सर्वोच्चको आदेशपछि ब्यूतिएका एमाले र माओवादी रोज्ने अधिकार भएको बताउँदै आएकी छन् । उनले माओवादी रोजिसकेकी छन् ।
प्रतिकृया दिनुहोस्