July 12, 2026, Sunday
२०८३ असार २८ आईतवार

निर्वाचन आयोगसँग सर्वोच्चले माग्यो समाजवादी दल दर्ताको फाइल

सर्वोच्च अदालतले निर्वाचन आयोगसँग नेकपा एकीकृत समाजवादी दल दर्ताको निर्णयको सक्कल फाइल माग गरेको छ।

Advertisement

न्यायाधीशहरु दीपककुमार कार्की र डा. कुमार चुडालको संयुक्त इजलासले नेकपा समाजवादी दल दर्ता गर्ने निर्वाचन आयोगको निर्णयको सक्कल फाइल माग गर्ने आदेश दिएको हो।

Advertisement

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमाले कारबाही गरेका १४ जना सांसदहरुलाई कारबाही नगरी नयाँ दल दर्ता दिनु कानुनविपरीत भन्दै निर्वाचन आयोग र सभामुख अग्निप्रसाद सापकोटाबिरुद्ध रिट दायर गरेका थिए।

सर्वोच्च अदालतले मंगलबार नेकपा एमालेले कारबाही गरेका १४ जना सांसदसम्बन्धी निर्णयलाई मान्यता नदिने सभामुखको निर्णयको सक्कल फाइल पनि माग गर्न आदेश दिएको छ।

लुम्बिनी प्रदेश र प्रदेश सभामुखबाट भएका निर्णयको सक्कल फाइल मगाउन पनि सर्वोच्च अदालतले माग गरेको छ।