March 28, 2024, Thursday
१५ चैत्र २०८०, बिहीबार

थप १३३० जनामा कोरोना संक्रमण, ५ को मृत्यु

नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ३३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

Advertisement

यस्तै पछिल्लो २४ घण्टामा देशभर ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै हालसम्म मृत्यु हुनेको संख्या ११ हजार ५३ पुगेको छ।

Advertisement

मंगलबार १ हजार ८३० कोरोना संक्रमणमुक्त भएका छन्। हाल देशभर २१ हजार ५२४ सक्रिय संक्रमित रहेका छन्।

गत चौबीस घन्टामा ९ हजार ६२६ पीसीआर तथा ३ हजार ९९६ एन्टिजेन परीक्षण भएको छ।