April 20, 2024, Saturday
८ बैशाख २०८१, शनिबार

बर्दियाका एक संक्रमितको भेरी अस्पतालमा मृत्यु

बाँके – बर्दियाका एकजना कोरोना संक्रमितको बाँकेको भेरी अस्पताल नेपालगञ्जमा उपचारका क्रममा मृत्यु भएको छ।

Advertisement

जिल्ला कोभिड व्यवस्थापन केन्द्र बाँकेका अनुसार, बर्दिया मधुवन नगरपालिका वडा नम्बर ५ का ४४ वर्षीय पुरुषको मंगलबार बिहान मृत्यु भएको हो ।

Advertisement

भदौ २१ गते बर्दियामा पीसीआर गरिएका उनलाई त्यही दिन भेरीमा भर्ना गरिएको थियो । बिहान पौने ८ बजे उनको मृत्यु भएको हो ।

योसँगै बाहिरी जिल्लाबाट बाँकेमा उपचार गराउन आउँदा मृत्यु हुनेको संख्या ४ सय १५ जना पुगेको छ ।