September 21, 2023, Thursday
४ आश्विन २०८०, बिहीबार

प्रदेशका सबै बालबालिकालाई खोप सुनिश्चित गर्छौं : मुख्यमन्त्री केसी

बुटवल– लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले बालबालिका भविस्यका कर्णधार भएको बताउँदै प्रदेशभित्रका सम्पूर्ण बालबालिकालाई कोरोनाको खोप प्रदान गरिने बताएका छन् । खोपयुक्त प्रदेश बनाउन सरकार लागि परेको उनले बताए ।

Advertisement

उनले संविधानले जनताको पहिलो अधिकारका रुपमा स्वास्थ्यलाई परिभाषित गरेको बताउँदै भौतिक विकासका कामलाई रोकेर भए पनि प्रदेशभरीका बालबालिकाहरुलाई खोपको सुनिश्चता गर्ने जनाए । प्रतीमान–नीमा फाउण्डेशन भैरहवाले लुम्बिनी प्रदेशलाई कोराना महामारीको विरुद्धमा लड्नका लागि स्वास्थ्य सामाग्री हस्तातरण कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

Advertisement

फाउण्डेशनले करिव २ करोड बराबरको स्वास्थ्य सामग्री प्रदेश सरकारलाई प्रदान गरेको छ । पूर्व मन्त्री एवं फाउण्डेशनका अध्यक्ष दीपक बोहराले समाज सेवा नै फाउण्डेशनको मुख्य उद्देश्य भएको बताए । स्वास्थ्य मन्त्रालयका सचिव डा. विकास देवकोटाले प्रदेश सरकारले नयाँ गतिका साथ काम गरिरहेको बताउँदै त्यसलाई अझै गति प्रदान गर्नका लागि कर्मचारी क्षेत्र पनि लागेको बताए ।

फाउण्डेशनले सर्जिकल माक्स १४ हजार, के एन ९५ माक्स ३ हजार, डिजिटल थर्ममिटर ३२ थान, फेसियल ३ हजार १ सय ५०, पी.पी.इ सेट मिडियम १ सय २० थान, पीपिइ सेट ठूलो ४ सय ६० सेट, ग्लोब्स १ लाख ६६ र के एन ९५ प्रोएक्टीभ माक्स १५ हजार ४ सय लगायतको सामाग्री प्रदेश सरकारलाई हस्तातरण गरेको हो ।