April 16, 2024, Tuesday
४ बैशाख २०८१, मंगलवार

न्याय नपाउँदासम्म संसद अवरोध जारी रहन्छ : एमाले

प्रतिपक्षी नेकपा एमालेले न्याय नपाउँदासम्म संसद्को अवरोध जारी राख्ने बताएको छ । एमालेका मुख्य सचेतक विशाल भट्टराईले आजको संसद् बैठकपछि आफूहरुले सांकेतिक अवरोध गरिरहेको बताए । 

“संसद्मा प्रस्तुत् भएका विजनेश वा एजेन्डाभन्दा पनि सभामुखको कार्यशैली, सभामुखले एमालेमाथि गरेको विभेदका कारण संसदमा आन्दोलनमा छौं । उहाँले त्यो प्रवृत्ति नसच्याएसम्म र त्यो घटनामा नेकपा एमालेले गरेको अन्यायलाई जबसम्म न्याय गर्नुहुन्न हाम्रो आन्दोलन जारी नै रहन्छ,” उनले भने ।
 
अवरोधको निकास सभामुख र सत्ता पक्षले नै दिनुपर्ने बताए । आफूहरुलाई अरु सरहको व्यवाहार नगर्दा आन्दोलनमा रहेको उनले बताए । एमालेले कारबाही गरेका १४ सांसद् पदमुक्त गरेको सूचना टाँस नगर्दासम्म संसद्को अवरोध जारी राख्ने बताउँदै आएको छ । 

सूचना टाँस नगरे राजीनामा दिन एमालेले सभामुखसँग माग गरिसकेको छ ।

Advertisement