नेकपा एकीकृत समाजवादी रुपन्देहीले पदाधिकारीलाई पूर्णता दियो


बुटवल– नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) रुपन्देहीले जिल्लाका दिाधिकारीलाई पूर्णता दिएको छ । पार्टीको आइतबार बसेको प्रथम बैठक पदाधिकारीलाई पूर्णता दिएको हो ।
पार्टीकाअनुसार अध्यक्षमा राजु गुरुङ छन् । उपाध्यक्षमा सिद्धिचरण भट्टराई, सचिवमा अबिराम बिक
र सह–सचिबमा सरिता श्रीसलाई चयन गरिएको छ । बैठकमा बोल्दै पार्टीका केन्द्रिय सल्लाहकार आदित्य नारायण कसौधनले अब उपमहानगर, नगर, गाउँपालिका र वडास्तरका संगठन निर्माणलाई तिव्रता दिनुपर्ने बताए ।
संविधान सभा सदस्यसमेत रहेका कसौधनले संगठन मजबुत भए पार्टी बलियो हुने जनाउँदै सोहीअनुसार काममा खट्न जिल्ला कमिटी पदाधिकारीहरुलाई आग्रह गरे । अध्यक्ष गुरुङले पार्टीलाई एक नम्बर बनाउन सम्पूण नेता–कार्यकर्ताको भूमिका रहने जनाउँदै सोहीअनुसार पार्टी काममा खट्नुपर्ने बताए ।
प्रतिकृया दिनुहोस्