March 18, 2025, Tuesday
२०८१ चैत्र ५

अभिनय गर्दागर्दै कलाकार रमेश केसीको निधन

हास्य कलाकार रमेश केसी ‘मट्टारे’को ६९ वर्षको उमेरमा निधन भएको छ।

एउटा भिडिओको सुटिङमा अभिनय गर्न मेकअप गरिरहेकै अवस्थामा आइतबार बिहान उनको निधन भएको हो।

Advertisement

उनी वि.सं. २००९ सालमा ललितपुरको इमाडोलमा जन्मिएका थिए।

केसीको पार्थिव शरिर आइतबार दिउँसो १ः०० बजेदेखि २ः०० बजेसम्म अन्तिम श्रद्धाञ्जलीका लागि आर्यघाटमा राखिएको थियो। केसी लामो समयदेखि कलाकारितामा संलग्न थिए।

केसीका दुई छोरा, तीन छोरी र श्रीमती छन्।