October 24, 2021, Sunday
७ कार्तिक २०७८, आईतवार

अनेरास्ववियूको अध्यक्षमा बराल

नेकपा (एमाले) निकट विद्यार्थी संगठन अनेरास्ववियूको अध्यक्षमा सुनीता बराल चयन भएकी छन्।

अनेरास्ववियूको केन्द्रीय सचिवालयको शनिबार बसेको बैठकले बराललाई अध्यक्षमा चयन गरेको हो।

यस्तै अनेरास्ववियूको उपाध्यक्षमा कल्पना वाइबा र महासचिवमा समिक बडाल चयन भएका छन्।