September 21, 2023, Thursday
४ आश्विन २०८०, बिहीबार

थप १०६६ मा कोरोना, १६ जनाको मृत्यु

नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

Advertisement

यस्तै पछिल्लो २४ घण्टामा देशभर १६ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै हालसम्म मृत्यु हुनेको संख्या ११ हजार २८ पुगेको छ।

Advertisement

शनिबार १ हजार २३४ कोरोना संक्रमणमुक्त भएका छन्। देशभर २५ हजार ८२ सक्रिय संक्रमित रहेका छन्।

गत चौबीस घन्टामा ८ हजार ५४० पीसीआर तथा २ हजार ८१८ एन्टिजेन परीक्षण भएको छ।