March 22, 2025, Saturday
२०८१ चैत्र १०

रोटरी बैठकमा बैंकिङ क्षेत्रका बारेमा क्लासिफिकेशन

बुटवल– रोटरी क्लव अफ बुटवलको १३८२ औं नियमित एवं वर्ष २०२१–२२ को १२ औं बैठक शनिबार सम्पन्न भएको छ ।
क्लवका अध्यक्ष प्रा.डा. ताराप्रसाद उपाध्यायको अध्यक्षतामा बसेको बैठकको एजेण्डा क्लासिफकेशन रहेको थियो ।

बैठकमा बोल्दै शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकका डेपुटी प्रमुख कार्यकारी अधिकृत लोकराज पनेरुले बैंकिङ क्षेत्रको बिगत र वर्तमानको अवस्था, आफ्नो बैंकिङ अनुभव, उद्योगी व्यष्वसायीसँग बैंकिङ क्षेत्रको सम्बन्ध, ब्याजदरमा आउने परिवर्तन, बैंकिङ सुरक्षा प्रणाली लगायतका विषयमा प्रकाश पारेका थिए ।

Advertisement

त्यस अवसरमा रोटरीयनहरु पुरनप्रसाद श्रेष्ठ, छविन्द्र भट्टराई र दीपकप्रसाद श्रेष्ठले बैंकिङ क्षेत्रका बारेमा विभिन्न जिज्ञासा राखेका थिए । बैठकमा क्लवका सचिव खिमनारायण पराजुलीले अघिल्लो बैठकका निर्णयहरुबारे जानकारी गराएका थिए ।

त्यस अवसरमा क्लवका एजी नारायणप्रसाद पन्थ, अन्य रोटरीयनहरु मणिरत्न पाण्डेय, हेमलाल भुसाल, विष्णु काफ्ले लगायतले आ–आफ्नो धारणा राखेका थिए ।